याे वर्ष औपचारिक परीक्षावाट विद्यार्थीको मुल्यांकन नहुने ।



प्रकाशित: असोज २६, सोमबार, काठमाडौं ।
कोभिड–१९ का कारण घरमै रहेर वैकल्पिक माध्यमबाट सिकिरहेका विद्यालय तहका विद्यार्थीलाई यो शैक्षिक सत्रमा परीक्षाभन्दा मूल्याङ्कनका विविध साधनहरुकाे उपयाेग गरेर कक्षोन्नति गरिने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनका बिविध साधनहरु लाई नै जोड दिदै विद्यार्थी मुल्यांकन गर्नु पर्ने छ । शिक्षा पत्रकार समूहको अाजकाे नियमित छलफल कार्यक्रममा शिक्षाबारका लागि सोमबार आयोजित ‘वैकल्पिक सिकाइ मूल्याङ्कनका आधार र तयारी’ विषयक भर्चुअल अन्तरक्रियामा भट्टराईले भने, ‘यो वर्ष पढाएर परीक्षा लिने होइन, सिकाएर विद्यार्थीको मूल्याङ्कन गर्ने हो । त्यसैका आधारमा विद्यार्थीलाई कक्षान्नोति गरिने छ ।

विद्यालयमार्फत अनलाइन, रेडियो, टेलिभिजन,लगायत विविध स्वाध्याय सामग्रीमार्फत् वैकल्पिक विधिबाट सिकिरहेका विद्यार्थीको मूल्याङ्कन के कसरी गर्ने भन्ने अन्यौलता रहेकै अवस्थामा निर्देशक भट्टराईले यसबारे थप स्पष्ट पारेका हुन् । उनले शिक्षकहरुलाई तीनघण्टे परीक्षामा नअल्मलिन आग्रह गर्दै वैकल्पिक माध्यमबाट सिकेका विद्यार्थीलाई बढी भन्दा बढी तरिका अपनाएर मूल्याङ्कन गर्ने विधि पाठ्यवस्तु समायोजन ढाँचामा दिइएको जानकारी दिए ।अंकको प्राथमिकतामा परेर ग्रेडिङ गर्नेभन्दा पनि विद्यार्थीले सिकेकाे,जानेकाे र उनीहरुले गरेका क्रियाकलापलाई आधार मानेर शिक्षकहरुले विद्यार्थीकाे मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियाे । खास गरेर विद्यार्थीले पाठ्यक्रमले निर्धारण गरेको सिकाइ उपलब्धि हासिल गरे गरेनन् ?भन्ने हो उनीहरुले के सिके भन्नेबारे कसरी मूल्याङ्कन गरियो भनेर शिक्षकले प्रमाणचाहिँ राख्नु पर्छ,’ भट्टराईले भने, ‘गृहकार्य गराएको हो वा परियोजना कार्य ? अथवा टेलिफोनबाट प्रश्न सोधिएको हो ? त्यसको प्रमाण शिक्षकले राख्नु पर्छ । त्यो नै कार्यसञ्चयिका हो । अनि मात्र त्यसले मान्यता पाउँछ ।’


पाठ्यवस्तु समायोजन ढाँचामा ब्यवस्था भएअनुसार खासगरी तीन प्रकारको मूल्याङ्कन हुनेछन् । एउटा निरन्तर, दोस्रो प्राक्टिकल र तेस्रो प्रमाणीकरण मूल्याङ्कन । यसमा ‘टेक्स्ट’ (पाठ्यवस्तु) र ‘कन्टेक्स्ट’ (परिवेश) मा आधारित प्रश्न सोध्न सकिनेछ । गृहकार्य, परियाेजना कार्य, साना समूहमा विभाजन गरी प्रश्न राख्ने, टेलिफोनमार्फत् सोध्ने, अनलाइन प्रविधि आदि विधिबाट विद्यार्थीको मूल्याङ्कन गरिने बताइएको छ ।

पाठ्यक्रमका निर्देशक भट्टराईका अनुसार सामान्य अवस्था जस्तो तेस्रो त्रैमासिकसम्मको परीक्षा लिने नभई जम्मा दुईपटक विद्यार्थीको मूल्याङ्कन गरिनेछ । पहिलो मंसिरको अन्तिम साता र अर्काे चैतको पछिल्लो हप्ता मूल्याङ्कन गरिनेछ ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले पनि मूल्याङ्कन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी उल्लेख गरेको छ । यसका लागि विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र एकजना स्थानीय विज्ञ सम्मिलित समितिले काम गर्ने उल्लेख छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार