अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यालय तीन दिनका लागि बन्द भएको छ ।
कार्यालयका कर्मचारीलाई कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपस्चात सातदोबाटामा रहेको (एन्फा) मुख्यालय तीन दिनसम्म बन्द रहनेछ । एन्फाले संक्रमित व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।
यसैगरी एन्फाले संक्रमित व्यक्तिको सम्पर्कमा आएका कर्मचारीहरुलाई सात दिनको लागि सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरेको छ । त्यस्तै, एन्फाको कार्यालय लाइ पनि निर्मलीकरण गरिनेछ ।
यसभन्दा पहिले, एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पाका निजी सचिव अनन्त प्रसाद घिमिरेलाइ कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको थियो ।एन्फा सचिवालयका कर्मचारीहरूमा कोरोना संक्रमणको यो पहिलो घटना हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :