लिभरकुसनको निसमाथि ६ गोल ।


एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनले युरोपा लिगको समूह चरणको पहिलो खेलमा फ्रेन्च प्रतिद्धन्द्धी निसमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा लिभरकुसनले निसमाति ६–२ को फरालिो जित हात पारेको हो

बेएरिना लिभरकुसनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा करिम बेल्लाराविले दुई तथा नादिम एमिरी, लुकास एलारियो, मोउसा डियावी र फ्लोरियल रिट्जले समान एक गोल गरे । निसमा एमिन गौरी र एलेक्सिस क्लाउडेले सान्त्वना गोल फर्काए । 

गोलको वर्षा भएको खेलमा घरेलु टोलीले खेलको ११औं मिनेटमा नदिमको गोलबाट अग्रता लिएको थियो । १६औं मिनेटमा लुकास एलारियोले अग्रता दोब्बर पारे । ३१औं मिनेटमा एमिनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । 


६१औं मिनेटमा मोउसा डियावी गोल गरेपछि लिभरकुसनलाई ३–१ ले अघि बढाए । ७९औं मिनेटमा सब्सिच्युट करिम बेल्लाराविले गोल गर्दै लिभरकुसनलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८३औं मिनेटमा करिमले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरकुसनले ५–१ को फराकिलो अग्रता लिन सफल भयो । 

८७औं मिनेटमा फ्लोरियनले गोल गर्दै खेललाई ६–१ को अवस्थामा ल्याए । ९०औं मिनेटमा एलेक्सिसले गोल लिभरकुसन ६–२ ले विजयी हुन सफल भयो । 


यही समूह ‘सी’ को अर्काे खेलमा इजरायली क्लब हापोइल विर सिभाले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई ३–१ ले पराजित गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार