नबिल बैंक एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित



प्रकाशित: कार्तिक १३, बिहिबार, काठमाडौँ । 
नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ । 

एशियाली विकास बैंकको टिएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । 

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका समस्याहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ । 


एडीबी व्यापार बित्त कार्यक्रम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जुन २०२० सम्म नेपालमा टिएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार