मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु



झापा। मेचीनगर नगरपालिका वडा ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो ।


श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए । निमोनिया सङ्क्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो ।


बडादशैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार