अपि पावरको ४७ % हकप्रद शुक्रवारदेखि विक्रीमा आउने



प्रकाशित: कार्तिक १३, बिहिबार, काठमाडौँ । 
गत फागुन १२ गते हकप्रद निष्कासन गर्न स्वीकृति पाएको अपि पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले १ बराबर शून्य दशमलव ४७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गर्न लागेको हो । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले वित्तीय लगानीको सम्झौता भएपश्चात मात्र हकप्रद निष्कासन गर्ने शर्तमा उक्त कम्पनीलाई हकप्रद निष्कासनको लागि स्वीकृति दिएको थियो । कम्पनीले बोर्डको शर्त अनुसार गत असोज ११ गते रू. ५ अर्ब १८ करोड बराबरको लगानी गर्ने गरी ६ ओटा संस्थाहरुसँग सम्झौता गरेको छ । 


कम्पनीले ४७ प्रतिशत हकप्रद र साधारण सभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको यो हकप्रदलाई इक्रा नेपालले औषतभन्दा तलको आधार संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार