लिभरपुलको पुनरागमन जित


एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सी र म्यानचेस्टर युनाइटेडको खेल बराबरीमा टुंगिदा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २-१ को जित हासिल गरेको छ

साविक विजेता लिभरपुल खेलमा पछि परेपनि पुनरागमन गर्न सफल रहयो । खेलको १३ औं मिनेटमा चोटका कारण बाहिर रहेका भर्जिल भान डाइकको स्थानमा डिफेन्समा खेलिरहेका फाबिन्होले ओलिभर मक्बर्नीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै प्राप्त पेनाल्टीमा सान्डर बर्ग चुकेनन् ।

पहिलो हाफको ४ मिनेट बाँकी रहँदा लिभरपुलले खेल बराबरीमा ल्यायो । साडियो मानेको प्रहार रोकेपछि फर्किएको बलमा रोबर्टो फिर्मिनोले गोल गर्न सफल भए । ६४ औं मिनेटमा डिओगो जोटाले मानेकै क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेपछि लिभरपुलले अग्रता लिएको हो ।

जोटाले गोल गर्नुभन्दा दुई मिनेटअघि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा मोहमद सलाहको गोल भीएआरले अफसाइड भन्दै मान्यता दिएन । सलाहले नै खलेको अन्त्यतिर गरेको प्रहार पोस्टमा लगेर फर्किएको थियो ।

लिभरपुलले अब च्याम्पियन्स लिगको दोस्रो खेलमा मंगलबार एफसी मिट्जील्यान्डसँग खेल्नेछ । प्रिमियर लिगम भने अर्को शनिबार वेस्ट ह्यामले एनफिल्डमा खेल्दैछ । सेफिल्डले अबको दुई साता म्यानचेस्टर सिटी र चेल्सीको सामना गर्नेछ ।

जितसँगै लिभरपुल १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने जितविहिन सेफिल्ड १ अंकसाथ १९ औं स्थानमा छ ।



हाम्रोखेलकुद बाट साभार

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार