दशैं नजिकिदै गर्दा विराटनगर बजारमा मानिसहरुको चहलपहल, सामानको मूल्य जथाभावी ।


प्रकाशित: असोज २५, आइतबार, बिराटनगर । 
दशैं नजिकिदै गर्दा नूनदेखि सुनसम्मका बजारमा मानिसहरूको चहलपहल बढिरहेको  छ । दशैं सुरू हुन अब केही दिन मात्र बाँकी रहँदा बिराटनगरका बजारमा सामानको किनमेल गर्ने मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । 

हिन्दुहरूको महान् चाड भएका कारण पनि यो समयमा मानिसहरुले खाद्य सामग्रीदेखि लत्ता कपडासम्मका सामानहरू अनिवार्य रूपमा किन्ने गरेका छन् । त्यसैले पनि दशैं नजिकिएसँगै बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढ्ने गरेको छ ।

व्यापारीहरूको पनि बर्षभरीको कमाई हुने समय भनेकै दशैं तिहार जस्ता महान् चाडमै हो । यो समयमा अन्य समयमा भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको पाइन्छ । व्यापारीक पसल तथा मलले ग्राहकहरूलाई आकर्षित गर्नका लागि दशैलाई लक्षित गरेर विभिन्न अफरको योजना सार्वजनिक गरिरेका छन् ।

सडकदेखि, मल तथा सपिङ सेन्टरहरूमा समेत मानिसहरूको चहलपहल बढेको छ । बिराटनगरको मुख्य व्यापारिक केन्द्रहरू जलजला मोड, गुद्री बजार, ट्राफिक चोक, महेन्द्र चोक, भाट्भटेनि सुपर मार्केट, सेन्ट्रल मल लगायतका ठाउँहरुमा सामान किन्नका लागि भीड लाग्न सुरू भइसकेको छ । 


दशै नजिकिएसँगै लुगा तथा जुत्ताहरू अत्याधिक मात्रामा विक्री हुने गरेको पाइन्छ । साधारण फुटपाथका पसलदेखि मल तथा सपिङ सेन्टरसम्मका व्यापारिक पसलहरुमा लुगा तथा जुत्ता किन्ने मानिसहरूको भीड लाग्न सुरू भएको छ । यो समयमा यी बजारहरूमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारीहरू बताउछन् ।

दशैमा मानिसहरूको चहलपहल बढ्ने भएकाले व्यापारीहरूले पनि आफ्नो मनलाग्दो भाउ राखेर सामान विक्री गरिरहेका हुन्छन् । ग्राहकहरू पनि किन्नैपर्ने बाध्यता सोचेर जति मूल्य तिर्न पनि तयार हुन्छन् । यो समयमा सामान्य मूल्यभन्दा दोब्बर मुल्य राखेर व्यापारीहरूले सर्वसाधारण ग्राहकहरूलाई ठगिरहेका हुन्छन् । बजार क्षेत्रमा अनुगमन गर्न आवश्यक छ । बन्दा बन्दीका कारणले र जोगबनी बन्द रहेका कारणले पनि सामानको मूल्य अत्यन्तै चर्किएको हुन्छ । 

लत्ताकपडामा मात्र नभई दशैको मौका छोपेर महानगर बाहिर जाने यात्रुहरूले टिकट काट्दा यातायातका साधनमा पनि मनलाग्दी भाडा राखिएको हुन्छ ।

तस्विरहरु : 





.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार