८ अर्बको सेयर बजारमा आउने ।



प्रकाशित: कार्तिक ५, बुधबार, बिराटनगर । 
अहिलेसम्मकै ठूलो आइपिओ शेयर बजारमा आउने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपिओ जारी गर्नका लागि साधारणसभा (एजिएम) बैठक निम्त्याएको छ, उक्त साधारणसभाले आइपिओ जारी गर्न स्वीकृत दिएपस्चात ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने तयारीमा रहेको छ । 

इन्फ्रास्ट्रक्चर बैंकले एजिएमबाट स्वीकृति लिन मंसिर ३ गते साधारणसभा बैठक राख्न लागेको हो । बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ । यसको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने  बताएको छ जसमध्ये ०.२ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याइएको छ ।

बैंकले यसअघिनै साधारणसभाब स्वीकृति लियिसकेको थियो तर उक्त समयमा शेयर निष्कासन हुन सकेको थिएन् । चालु आर्थिक वर्षभित्रै शेयर जारी गर्नका लागि साधारणसभाबाट पुन: स्वीकृति माग गरिएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial