कक्षा १२ को परीक्षा: कोभिड संक्रमितका लागि पछि हुने ।



प्रकाशित: कार्तिक ११, मङ्गलबार, भक्तपुर । 
राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कोरोनाभाइरस महामारीको कारण स्थगित रहेको कक्षा १२ को परिक्षा मंगसिर ९ गतेदेखि संचालन गर्ने भएको छ । एनईबीका अनुसार रेगुलर, पार्सियल , संगीत, ललित कला, संस्कृत र प्राविधिक शिक्षा अन्तर्गत सबै विषयहरूको नियमित, ग्रेड पदोन्नति र आंशिक परीक्षा अघिल्लो तालिकाको ८ महिना पछि आयोजना गरिनेछ।

एनईबीका अनुसार परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाईका साथ पालना गर्नु पर्नेछ र परीक्षामा भौतिक दूरी राख्नु पर्नेछ । 

परीक्षार्थीहरुले उनीहरूको सुविधाको केन्द्रबाट परीक्षामा उपस्थित हुन सक्ने गरि बोर्डले परीक्षा केन्द्रलाई बढी लचिलो बनाएको छ । यस परीक्षामा ४० अंक सम्मिलित हुनेछ किनकि बाँकी अंश कक्षा ११ को नतिजा र विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा समायोजित हुनेछ। परिक्ष बिहान ८ बजे देखि ९:३० बजेसम्म हुनेछ ।



परीक्षा बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने छ ।  गत बैशाख २१ गतेका लागि तोकिएको परीक्षा कोरोना भाईरस कोभिड - १९ को संक्रमण जोखिमका कारण चैत २५ गते स्थगित गरिएको थियो । 

अहिले सार्वजनिक गरिएको रुटिनमा पनि कोभिड संक्रमित विद्यार्थीको परीक्षा पछि लिने व्यवस्था गरिएको छ । संक्रमितहरूलाई कोरोना मुक्त भए पछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डको सूचनामा उल्लेख छ । ‘कोभिड - १९ संक्रमित भई उपचाररत परीक्षार्थीहरु परीक्षामा सहभागि नहुन अनुरोध गरिन्छ' बोर्डको सूचनामा भनिएको छ, 'त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको ल्याव रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने छ ।'

कोभिडका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भई परीक्षामा सहभागी हुन असमर्थ परीक्षार्थीहरुले यस अघि पेश गरेको विवरणका आधारमा परीक्षामा सहभागी हुन सक्ने व्यवस्था मिलाईएको बोर्डले जनाएको छ । यस प्रयोजनका लागि काठमाडौं उपत्यकाका तीन जिल्लालाई भने उउटै जिल्ला मानिएको छ । यसका लागि बोर्डले गत भदौमा विद्यार्थीको विवरण संकलन गरेको थियो । 

अन्य विद्यार्थीका हकमा पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डको भनाई छ ।  यो परीक्षा ४० प्रतिशतको लागि मात्रै गर्न लागिएको हो । बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने गरी बोर्डले कार्यविधि निर्माण गरेको छ । यसका लागि कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिक तर्फ प्राप्त विषयगत प्राप्तांकलाई सतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ । यसैगरी कक्षा १२ मा अध्ययनका क्रममा विद्यालयबाट गरिएको आन्तरिक मूल्यांकनको अङ्कभार सैद्धान्तिक तर्फको कूल पूर्णाङ्कलाई सतप्रतिशत मानि २० प्रतिशत हुने कार्यविधिमा उल्लेख छ । 

प्रयोगात्मक परीक्षा गर्नै बाँकी विद्यालयले कात्तिक २५ गते भित्र सकी बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन भनिएको छ ।  बिचमा परेका शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सक्ने गरी रुटिन सार्वजजनिक गरिएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial