आईपीएल मा दिल्लीको उत्कृष्ट खेल। आरसीबीलाई जितेर दिल्ली अंकतालिकाको पहिलो स्थानमा ।


प्रकाशित: असोज २०, मंगलबार ।  
हिजो राती सोमबार आईपीएल खेल अन्तर्गत दिल्ली क्यापिटल र रोयल च्यालेन्जरस बैंगलोर बीच खेलमा पहिले टस जितेर आरसीबीले फिल्डिङ लिएको थियो। यो खेल अन्तर्गत पहिले ब्याटिङमा उत्रेका दिल्लीका धवन र पृथ्वी साह का बीच ६८ रन को साझेदारी पहिलो विकटको लागि भएको थियो। पछि ब्याटिङमा पन्त र स्टोइनिसको ३७ र ५३ रन जोडेर दिल्लीले आरसीबी लाई १९७ रनको लक्ष्य दिएको थियो भने आरसीबीका बाैलर मो. सिराजले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट मात्र लिएका थिए।

दोस्रो इनिङमा आरसीबीबाट ब्याटिङमा उत्रेका विराट कोहलीले मात्र ४३ रन र अरु ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन नदिएको हुनाले आरसीबीले २० ओभरमा ९ विकेट गुमाएर जम्मा १३७ रन मात्र जोड्न सफल भए जसमा दिल्लीका बाैलर कागिसो रबडाले आफ्नो खेलको उत्कृष्ट प्रदशन देखाई ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका थिए भने अर्का अनऋच र अक्षर पटेलले २-२ विकेट लिए। यो खेलमा अक्षर पटेललाई म्यान अफ दी म्याच घोषित गरियो ।

यो खेल जितेर दिल्लीले अंक तालिकामा प्रथम स्थान बनाउन सफल भएको छ । आईपीएलमा आज मंगलवार हुने खेलमा मुंबई इण्डियन्सको भिडन्त राजस्थान रोयल्स सँग हुदैछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार