दशैंको अवधिमा सरकारी कार्यालयका लागि सीसीएमसीले १५ दिन बिदा प्रस्ताव गर्यो ।


प्रकाशित: असोज २५, आइतबार, काठमाडौँ । 
मुलुकमा कोरोनाभाइरस महामारीको आश्चर्यजनक व्यापकताका माझ सरकारले दशैको पहिलो दिन घटस्थापनदेखि अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म सबै सरकारी कार्यालयहरू बन्द गर्न प्रस्ताव गरिरहेको छ । 

कोविड-१९ को क्राइसिस मैनेजमेन्ट सेन्टर (सीसीएमसी) स्रोतका अनुसार कर्मचारी र लाभार्थीहरुलाई महामारीबाट जोगाउन केन्द्रको बैठकले दशैं पर्वको बेला १५ दिन छुट्टी दिन सुझाव दिएको छ । 

सोमबार हुने मन्त्रिपरिषद्को बैठकले यस विषयमा औपचारिक निर्णय लिने भनिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार