ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते ।



प्रकाशित: कार्तिक ३, सोमबार, काठमाडौँ । 
गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको ऐतिहासिक रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले यही कात्तिक ५ गते बुधबार उद्घाटन हुने भएको छ ।

तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न छ भने राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार कात्तिक ५ गते बुधबार दिन बिहान प्रतापमल्लकालीन रानीपोखरी उद्घाटन हुने छ । 

भूकम्प गएको पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो भने उद्घाटन भएसँगै रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको यस वर्षदेखि तिहारमा सर्वसाधारणले समेत दर्शन गर्न पाउने भएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार