विश्व कपलाई मध्यनजर गर्दै कतार प्रहरीलाई भीड नियन्त्रण र ट्राफिक तालिम।



प्रकाशित: असोज २७, मङ्गलबार, दोहा । 
सन् २०२२ को फिफा विश्व कप लाइ लक्षित गरि कतारको आन्तरिक मन्त्रालयले 'भीड नियन्त्रण तथा ट्राफिक कन्ट्रोल व्यवस्थापन' कोर्सको स्नातक समारोहमा ट्राफिक महाविद्यालयका महानिर्देशालयमा विभिन्न विभागका निर्देशकहरूको उपस्थितिमा सम्पन्न गरेको छ ।

३१ जना प्रमाणित प्रशिक्षकहरू प्रशिक्षण कोर्समा सहभागी थिए । उक्त प्रशिक्षण ६ महिनासम्म सञ्चालन भएको मन्त्रालयले जनाएको छ । उक्त तालिम भीड तथा यातायात नियन्त्रण प्रबन्धन रूपरेखा भित्र पर्दछ , जुन फिफा वर्ल्ड कप २०२२ तयारीको लागि लागू गरिएको मन्त्रालयले‍ जनाएको छ ।

पाठ्यक्रम ट्राफिक, उद्धार प्रहरी, सार्वजनिक यातायात सुरक्षा र प्रहरी  प्रशिक्षण संस्थान बाहेक आन्तरिक मन्त्रालयका विभिन्न विभागहरूको सहयोगमा लेखवीया फोर्सका साथै अन्तर्राष्ट्रिय सार्वजनिक यातायात संघ र लाइसेम अन्तर्राष्ट्रिय प्रशिक्षणका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा सञ्चालन गरिएको थियो।


सहभागीहरूले ट्राफिक ब्यवस्थापन, सवारीचालकहरूलाई निर्देशन, यातायात भीडको प्रबन्ध, भीड मनोविज्ञान, सार्वजनिक यातायातको सुरक्षा गर्ने र सवारी साधनहरूमा भीडलाई निर्देशन दिने, विभिन्न परिदृश्यहरू र व्यावहारिक अनु प्रयोगहरूको बारेमा ज्ञान र शिप हासिल गरेका छन् ।

यो फिफा वर्ल्ड कप २०२२ को समयमा भीडलाई ब्यबस्थापन गर्नका लागि उच्च योग्य कार्यकर्तालाई प्रशिक्षण दिने कोर्सको उद्देश्य रहेको त्यहाको मन्त्रालयले जनाएको छ ।

२०१९ मा शुरू भएको उक्त तालिम तीन बर्षे प्रशिक्षण कार्यक्रमको ढाँचामा आउँछ र आन्तरिक मन्त्रालयका विभिन्न विभागका १२७६ सदस्यहरुलाई प्रशिक्षण दिने लक्ष्य राखिएको जनाएको छ ।

समारोहको अन्त्यमा, यातायात महानिर्देशक ब्रिगेडियर मुहम्मद अब्दुल्लाह अल-शाहवानी र प्रहरी प्रशिक्षण संस्थानका निर्देशक लेफ्टिनेंट कर्नल अली सौद अल-हन्जाबले स्नातक अधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार