उमेर ३० कटेपछि खानपान बारे सचेत नरहे मृत्यु नजिकिन सक्छ ।



प्रकाशित: कार्तिक १३, बिहिबार, बिराटनगर । 
सामान्यजसो ३० बर्षको उमेरपछि शरीरमा पहिलेको जस्तो फुर्ती रहँदैन । उमेरको यहि खुड्किलोपछि महिला तथा पुरुषको शरीरमा थुप्रै परिवर्तनहरु आउँछन । जसका कारण स्वास्थ रहन चुनौती थपिन्छ । हार्मोनमा हुने परिवर्तनका कारण आँखाको देख्नसक्ने शक्तिमा कमी आउनु, कपाल फुल्नु, अनुहारका छाला खुम्चनु लगायतका अवस्थाहरु आउँछन । 

पोषणविद्हरुले यसको मुख्य कारण खानपानलाई बताएका छन । उनीहरुका अनुसार ३० बर्ष कटेपछि आफ्नो खानपानमा कुनै चिजलाई बन्द गर्नु पर्छ । कुनै चिजलाई कम खानु पर्छ भने कुनै चिजको मात्रा केही बढाउनु पर्छ । क्याम्ब्रिज युनिभर्सिटीको रिपोर्ट अनुसार एक ब्यक्तिले दिनमा २ हजार ३ सय मिलिग्रामभन्दा बढी सोडियम खानु हुँदैन । जबकी बजारमा पाइने क्यान सुप एक पटकको खानामा पस्कंदा दिनभरमा खाइने सोडियमको ४० प्रतिशत भाग ओगट्छ । 

सोडियमको मात्रा बढी हुँदा छालामा बढ्दो उमेरको संकेत देखिने र उच्च रक्तचापको समस्या उत्पन्न हुन्छ । त्यस्तै धेरै गुलियो र अधिक कार्बोहाइड्रेडयुक्त खानामा कम गर्नुपर्छ । पोषणविद्हरुका अनुसार बढ्दो उमेरसंगै निद्रामा कमी आउने र सुगर एवं कार्बोहाइड्रेडयुक्त खाना धेरै खाँदा मोटोपन बढ्दै जान्छ । 


दिउँसोको समयमा हाम्रो शरीरको छालालाई सूर्यको प्रकाशमा हुने अल्ट्राभायोलेट किरणले क्षति पुर्याउँछ । यद्यपी यो नोक्सानीलाई राती निद्रामा रहंदा सक्रिय हुने छलामा रहेका कोषहरुले यसको पूर्ती गर्छन । तर कफि धेरै पिउँदा निद्रा कम भइ कोषहरुको सक्रियता घट्न गइ छालामा हुने क्षतिमा कमी ल्याउन सक्दैन । 

त्यस्तै खाजाको रुपमा प्रयोग हुने मैदाबाट बनेका पाउरोटी जस्ता खाद्य पदार्थ स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन । यसमा सुगर, प्रोटिन, कार्बोहाइड्रेड र फ्याटको मात्रा धेरै हुन्छ । यसबाट कब्जियतको समस्या बढ्छ भने पाचन शक्तिमा कमी आउँछ । यसका साथै शरीरका आन्तरिक अंगहरुलाई पनि नोक्सानी पुर्याउँछ । 

त्यसो त बढ्दो उमेरसंगै मानिसहरुमा पाचन शक्ति कम्जोर हुँदै जान्छ । शारीरिक ब्यायामजन्य गतिविधिहरुमा पनि कमी आउँदै जान्छ । यस्तो अवस्थामा डीप फ्राई र जंक फुड पचाउन शरीरलाई गारो पर्छ । यसको सोझो असर कपाल र छालामा देखिन्छ । 

३० बर्षको उमेर कट्नासाथ कलेजो र किड्नी जस्ता अंगहरु पनि विस्तारै सुस्त हुँदै जान्छन । यही कारण धेरैजसो मानिसहरुमा ३० बर्ष कटेपछि विभिन्न समस्याहरु देखिन्छन । तसर्थ मदिरा सेवनलाई पूर्ण रुपमा बन्द गर्नुपर्छ । यसले कलेजोलाई कम्जोर बनाउने मात्र नभै मोटोपन र मधुमेह (सुगर) को समस्या निम्त्याउँछ । 

मांसहारी खाना रुचाउनेहरुले निकै सतर्कता अपनाउन जरुरी हुन्छ । पोषणविद्हरुका अनुसार मांसहारी खाना हेभी डाइट हो । त्यसलाई पचाउन शरीरलाई निकै गारो पर्छ । तसर्थ निरन्तर मांसहारी भोजन गर्दा छिटो मृत्युवरण गर्नुपर्ने प्रबल सम्भावना हुन्छ । 

खासगरी रातो मासु र प्रशोधित मासु त पूर्ण रुपमा बन्द नै गर्नुपर्छ । यसको सट्टा सालमन माछा खान सकिन्छ । तर अधिक मात्रामा हैन । खासगरी आफ्नो दैनिक खानामा शाकाहारी भोजन समावेश गर्दा धेरैखाले रोगहरुबाट मुक्ति पाउन सहज हुन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial