कोरोनाभाइरस पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ: अध्ययन ।



प्रकाशित: असोज २६, सोमबार, एजेन्सी । 
भर्खरको एउटा अध्ययनले बताएअनुसार कोभिड १९ को लागि जिम्मेवार कोरोना भाइरस २८ दिनसम्म बैंकनोट, फोन स्क्रीन र स्टेनलेस स्टील जस्ता सतहहरूमा संक्रामक हुन सक्छ । 
 
अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीको खोजले सुझायेअनुसार सार्स-कोभ -२ सोचे भन्दा लामो समय सम्म बाँच्न सक्छ।

यद्यपि यो प्रयोग अन्धकार भएको स्थानमा सम्पन्न गरिएको थियो। युभी  प्रकाशले  भाइरस मार्न सक्ने पनि अध्ययनले देखाएको छ । 

कोरोनाभाइरस प्राय जसो , हाछिउ गर्दा , सास फेर्दा  वा कुरा गर्दा सर्छ। प्रमाणहरुले देखाएअनुसार यो हावामा बहने कणहरुद्वारा पनि फैलिन सक्दछ । - एजेन्सी ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार