कोरोना कहरमा टीका : कसैले लगाएनन्, कसैले संक्रमणमुक्त हुनेबित्तिकै



झापा । दसैँमा टीका लगाउने रहर सबैलाई हुन्छ । तर यसपटक कोभिड–१९ को कहरले गर्दा टीका लगाउने कार्य सावधानीपूर्वक गरिएको पाइएको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले आफ्नो परिवारमा यसपाली कोरोना महामारीकै कारण टीका नलगाइएको बताइन् । उपप्रमुख उप्रेतीका पति कोरोना संक्रमणका कारण होम आइसोलेसनमा छिन् । उनकी ९० वर्षकी आमा घरमा छन् ।

पारिवारिक सल्लाह गरेर टीका नलगाइएको जानकारी दिदै उनले भनिन्, “कोरोना गएपछि अर्को साल लगाउँला भन्ने सोचियो ।” उनको काँकरभिट्टा, विर्तामोड र काठमाडौंमा रहेका दाजुभाइ खलक सबैले पारिवारिक निर्णय बमोजिम यसपाली टीका लगाएनन् । 

भद्रपुर नगरपालिका वडा नम्बर १० निवासी असारु राजवंशीले आजै बिहान पिसिआर रिपोर्ट नेगेटिभ आएकाले परिवारका साथ सावधानीपूर्वक टीका लगाए । राजबंशी १२ दिन अघिदेखि कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बस्दै आएका थिए । 


नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड १९ बाट संक्रमित स्वास्थ्यकर्मी लेखनाथ खतिवडालाई भेटेर स्वास्थ्यलाभको पहिलो शुभकामना दिए । कोरोनाविरुद्धको लडाईमा अग्रपङतिमा रहेर खटिरहेकामध्ये स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय रहेको भन्दै प्रवक्ता शर्मा विजया दशमीको पहिलो शुभकामना दिन मेचीनगर नगरपालिका वडा नम्बर ९ स्थित खतिवडाको निवासमै पुगेका थिए । 

खतिवडा काँकडभिट्टा स्वास्थ्य चौकीको प्रमुख हुन् । उनी एक साता अघि कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial