म्यानचेस्टरका दुवै टीम बराबरीमा रोकिए ।



प्रकाशित: कार्तिक ९, आईतबार । 
हिजो राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको म्यानचेस्टर युनाइटेड र चेल्सी बिचको खेल बराबरीमा टुंगिएको छ । खेलको अन्तिम समयसम्म कुनै गोल हुन सकेको थिएन ।

निकै आक्रमक खेल प्रदर्शन गरेपनि युनाइटेड ले ९० मिनेटसम्म कुनै गोल गर्न नसक्दा अङ्क बाँड्न बाध्य भएको छ । 

त्यस्तै म्यानचेष्टर सिटी र वेस्ट ह्याम युनाइटेडको खेल पनि बराबरीमै टुंगिएको छ । सिटी र वेस्ट हम बिचको खेल एक-एक गोलको बराबरीमा टुंगिएको हो । वेस्ट ह्यम का लागि खेलको १८ औँ मिनेटमा एन्टोनियो ले सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५१औँ मिनेटमा सिटीका लागि फिल फोडेनले एक गोल फर्काएका थिए । 


फोडेन, अग्वेरो को वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए । यो सँगै सिटी र वेस्ट ह्यामाको बीच भएको खेल पनि बराबरीमा नै टुंगिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार