प्रधानमन्त्रीले टीका लगाएनन्, प्रथम महिला राधिका शाक्यद्वारा ओलीबाट टीका ग्रहण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाएनन् । बुवा झापामा रहेकाले प्रधानमन्त्री ओलीले बडादसैँको टीका लगाउन पाएनन् ।

तर, प्रधानमन्त्री ओलीले प्रथम महिला राधिका शाक्यलाई आज बडा दसैँको टीका लगाइदिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बडादसैँलाई कोभिड-१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन देशवासीका नाममा संबोधन गर्दै विशेष आग्रह गरेका थिए ।

त्यसैले उनले प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम नराख्न समेत निर्देशन दिएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार