डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा टोली गठन ।



प्रकासित: असोज २२, बिहिबार, काठमाडौँ ।  
सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच) मा आमरण अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न एक टोली गठन गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. गोपी मैनालीको नेतृत्वमा उक्त टोली गठन गरिएको हो। टोलीका अन्य सदस्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच) मा १९ औं आमरण अनशनको २४ औं दिन रहिसकेका डा. केसीले सरकारसँग गरेको विगतका सम्झौताको कार्यान्वयनको आह्वान गर्दै आमरण अनशन शुरू गरेका थिए ।


नेपालमा चिकित्सा क्षेत्रमा सुधारका लागि अभियानकर्ता डा. केसीले विगतका सम्झौताको कार्यान्वयनका लागि भरपर्दो आधार नबनुन्जेल यसपटक आफ्नो भोक हड्ताल तोड्ने छैनन।

यसैगरी डा. केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली पनि गठन गरिएको छ जसमा डा. जीवन क्षेत्री, डा. अन्जनी कुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल लगायतका सदस्य रहेका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार