आईपीएल २०२०: डिफेन्डिङ्ग च्याम्पियन मुम्बईले राजस्थानलाई ५७ रनले हरायो ।


Photo: www.espncricinfo.com)

प्रकाशित: असोज २१, बुधबार ।  
डिफेन्डिङ्ग च्याम्पियन मुम्बई इन्डियन्सले मंगलबार अबु धाबीमा इण्डियन प्रीमियर लिग अन्तर्गत आयोजित क्रिकेट खेलमा राजस्थान रोयल्सलाई ५७ रनले हरायो। 

टस जितेर पहिले ब्याटिङ्ग गर्दै मुम्बईले २० ओभरमा ४  विकेट गुमाउँदै १९३ रन बनायो । १८.१ ओभरमा १९४  रनको लक्ष्यलाई पछ्याउँदै गर्दा  राजस्थान १३६  रनमा अलआउट भयो।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ७९ रन बनाए। उनले ४७  बलमा ११ चौका र १ छक्का गरि ७९ रङ बनाएका हुन् । उनलाई  प्लेयर अफ द म्याच  पनि घोषित गरियो।


जसप्रीत बुमराह, ट्रेंट बाउल्ट, जेम्स प्याटिनसनले शानदार खेल प्रदर्शन  गरे जसका कारण मुम्बईका लागि जीत सुरक्षित भयो। बुमराहले २० रनमा चार विकेट लिए भने बोल्टले २ विकेट लिए भने २६ रन दिए। त्यस्तै जेम्स प्याटिसनले १९  रनको मूल्यमा दुई विकेट लिएका थिए।

युएईमा चलिरहेको इण्डियन प्रिमियर लिगको १३औं संस्करणमा मुम्बईको यो चौथो जित  र राजस्थानको तेस्रो हार हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार