दशैं तिहारलाइ लक्षित गरी नियमित पूजा पाठ बाहेक कुनै उत्सव कार्यक्रम नगर्न जिप्रका मोरङको आदेश ।


प्रकाशित: असोज २३, शुक्रबार, बिराटनगर । 
कोरोना महामारीको संक्रमण बढिरहेको बेला दसैँ तिहार तथा छठ पूजा लक्षित गर्दै नियमित पूजापाठ बाहेक कुनैपनि उत्सव कार्यक्रम अथवा बेला नगर्न जिल्ला प्रशासन कार्यालयले मोरङले सूचना जारी गरेको छ । 

संक्रमितको संख्या बढ्ने काम नियन्त्रण हुन नसकेका अवस्थामा दशै तिहारमा हुन सक्ने सम्भावित भीडभाड मेला उत्सव आदिमा रोक लगाउनका निम्ति सूचना जारी गरिएको हो ।

जिप्रका मोरङका अनुसार दसैँ तिहार तथा छठ पूजा मा नियमित पूजापाठ बाहेकका कुनैपनि भीडभाड हुन सक्ने उत्सव, कार्यक्रम , मेला ,भजन् आदि नगर्न नगराउन सम्बन्धित सबैमा जानकारीको लागि सूचना जारी गर्दै अनुरोध गरिएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार