मौसम सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली



विराटनगर । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका उच्च पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । 

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज विहान ६ बजे काठमाडौंको तापक्रम १४ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । 

त्यस्तै देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । 

त्यस्तै देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार