सांसदहरुले नाराबाजी र तोडफोड गरेपछि मर्यादापालकलाई घिसारेर निकाल्न मन्त्रीको आदेश ।



प्रकाशित असोज १९, सोमबार बुटवल

प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् भने तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन्।


उनी बोल्ने क्रममा सत्तारुढ सांसदले प्रश्न सोध्न हात उठाइरहेका थिए भने विपक्षी कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका थिए । त्यसै क्रममा मर्यादापालकहरु रोस्टममा मन्त्रीमाथि हुनसक्ने सम्भावित आक्रमण रोक्न बसेका थिए ।


केसीले आफूअघि उभिएका मर्यादापालकलाई हातले कोट्याउँदै नाराबाजी गर्ने सांसदलाई लक्षित गर्दै भने ‘घिसारेर निकाल्न आदेश दिएका हुन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार