हुम्लाबाट स्वाब सुर्खेत पठाइयो



हुम्ला । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ । 

पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए । हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए । रास

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार