देशभर थप १,९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि



प्रकाशित: कार्तिक १२, बुधबार, काठमाडौँ । 
गएको २४ घण्टाको अन्तरालमा देशभर थप १,९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबार भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २४८ जनाको पीसीआर गरिएकोमा १ हजार ९५४ जनामा रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । 

उनका अनुसार अब देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् । 

यस्तै गत २४ घण्टामा थप २ हजार ९८१ जना संक्रमित निको भएर फर्किएका छन्,  यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको बताइएको छ । 


त्यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial