सहुलियत डाटा र भ्वाईस सेवा वितरणको कार्य शुरु: नेपाल टेलिकम ।


प्रकाशित: असोज ३०, शुक्रबार, काठमाडौँ । 
कोरोना भाईरस (कोभिड - १९) का कारण पठनपाठनमा आईपरेको समस्या समाधान गर्ने उद्धेस्यले सरकारले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सहुलियत दरमा उपलब्ध गराएको डाटा र भ्वाईस सेवा वितरणको कार्य शुरु गरेको छ । विद्यालयहरु रहेको स्थानीय सरकार मार्फत संयोजन गर्दै वितरणको काम शुरु गरिएको नेपाल टेलिकमले जनाएको छ । 

कतिपय स्थानमा आफ्ना प्रतिनिधिहरुलाई प्रत्यक्ष पठाएर टेलिकमले सीम वितरण गरेको छ भने अन्य स्थानमा विद्यालयहरुले स्थानीय सरकारको संयोजनमा सीम लिदैं आएका छन् । कतिपय दुर्गम गाउँमा अझै समस्या भए पनि कार्य शुरु भएको टेलिकमले जनाएको छ । 

यसका लागि आवश्यक प्रकृया यस्तो छ : 

यस व्यवस्था अनुसार निःशुल्क रुपमा उपलब्ध गराइने प्रिपेड सिमकार्ड (पाठशाला CUG सिम) प्राप्त गर्न निम्न अनुसारको व्यवस्था गरिएको छ :


१. सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थी र विद्यार्थीका परिवारको कुनै एक सदस्यले एउटा निःशुल्क सिमकार्ड प्राप्त गर्न सक्नेछन् । विद्यार्थीका लागि सिमकार्ड लिंदा विद्यार्थीको वा अभिभावकको नाममा लिन सकिनेछ ।

२. निःशुल्क सिमकार्ड प्राप्त गर्नका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रितपूर्वक भरी आफू संलग्न सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । आवेदन फारामका साथमा निम्नअनुसार कागजपत्र समावेश गरेको हुनुपर्नेछ :-

(क) विद्यार्थीको लागिः

अ) विद्यार्थीको परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वारा विद्यार्थी प्रमाणित गरिएको कागजात।

आ) विद्यार्थीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा विद्यार्थीको नागरिकता नभएमा अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

इ) विद्यार्थीको एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।

(ख) शिक्षकका लागिः

अ) शिक्षकको परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वाराशिक्षक प्रमाणित गरिएको कागजात।

आ) नागरिकता प्रमाणपत्रको प्रतिलिपी।

इ) एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।

(ग) अभिभावकका लागिः

अ) आफुसंग सम्बन्धित विद्यार्थीकोपरिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वाराअभिभावक प्रमाणित गरिएको कागजात।

आ) नागरिकता प्रमाणपत्रको प्रतिलिपी।

इ) एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।

३. विद्यार्थीले अभिभावकको नाममा सिमकार्ड लिने भएमा रितपूर्वक आवेदन फाराम भरी अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु पर्नेछ ।

४. बुँदा नं. २ र ३ बमोजिम विद्यालयमा आवेदन फाराम संकलन भएपश्चात विद्यालयले आवेदन फाराम र संलग्न कागजात रुजु गरी स्थानीय तहको सिफारिश पत्रसहित नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सबैजनाको सिमकार्ड एकमुष्ट प्राप्त गर्न सकिने छ ।

पाठशाला CUG सिमकार्ड प्राप्त गर्न भर्नु पर्ने प्रिपेड मोबाइलको फारम डाउनलोड गर्न यस लिंकमा क्लिक गर्नुहोस ।

Closed User Group (CUG) मा आबद्ध हुने प्रक्रियाः

CUG मा आबद्ध हुन चाहेका सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यार्थीको एक अभिभावकको मोबाइल नम्बरको विवरण निम्न बमोजिम ढाँचामा विद्यालयले आफ्नो लेटर प्याडमा उल्लेख गरी स्थानीय निकायको सिफारिश पत्रसहित नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । सम्भव भएसम्म विद्यालयले आफ्नो विद्यालयको पाठशाला CUG मा आवद्ध हुने शिक्षक, विद्यार्थी र अभिभावकहरुको नाम र मोवाईल नम्वरहरुको विवरणको Softcopy (Excel/Word File) उपलब्ध गराउनु पर्ने छ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई कम्पनीको Closed User Group (CUG)मा आबद्ध गर्न प्रति मोबाइल नम्बर नेपाल सरकारको कर (TSC, VAT & OT) बाहेक मासिकशुल्क रु ९९।- लाग्नेछ भने नेपाल सरकारको सम्पूर्ण कर सहित प्रति मोबाइल नम्बरका लागि मासिकशुल्क जम्मा रु.१२९।- लाग्नेछ । 

यस सेवा अन्तर्गत CUG भित्र असिमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (https://learning.cehrd.edu.np)चलाउन ५ जिबी डाटासेवा र बल्क एसएमएस (CUG मा समावेश भएका सम्पूर्ण नम्बरहरुमा आफ्नो विद्यालयबाट पठाउनु पर्ने सूचना तथा जानकारी बल्क एसएमएसमार्फत पठाउन सकिने) सुविधा समेत उपलब्ध गराइने छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार