अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलिना ट्रम्प लाई कोरोना संक्रमण पुष्टि भएको छ । आफ्नो रिपोर्टमा पोजिटिभ आएको र क्वारेन्टाइनमा बस्न लागेको जानकारी ट्रम्पले ट्वीटरमार्फत दिएका छन् ।
डोनाल्ड ट्रम्पकी सल्लाहकार होप हिकेलाई पनि यसअघि कोरोना भाइरस संक्रमण देखिएको थियो ।
नोभेम्बर ३मा हुने राष्ट्रपतीय चुनावका लागि देश दौडाहामा रहेका क्रम क्वारेन्टाइनमा कति समय बस्छन् भन्ने कुराको टुंगो छैन । उनलाई कोरोना संक्रमण पुष्टि भएपश्चात उनको चुनावी अभियान समेत प्रभावित हुने विभिन्न विश्लेषकहरु बताउँछन् ।
त्यस्तै ट्रम्प दम्पतिलाई नै कोरोना संक्रमण पुष्टि भएका कारणले उपराष्ट्रपति माइक पेन्स को रिपोर्ट कस्तो आउँछ भन्ने कुराको चासो निकै बढेको देखिन्छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :