नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन



प्रकाशित: कार्तिक १४, शुक्रबार, काठमाडौं । 
प्रिमियर इन्सुरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयरमा लिलामी आवेदन दिने आज शुक्रबार (कात्तिक १४ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र बोलपत्र पेश गर्न सकिनेछ । प्रिमियरले असोज ३० गतेबाट नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १९ सय ७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट नक्साल काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial