एन्सेलले ल्यायो ' कुरै कुरामा उपहार ' योजना; यसरि सहभागी भएर जित्न सकिने ।


ncell kurai kurama upahaar
प्रकाशित: अशोज १९, सोमबार, बिराटनगर ।
उत्सवको मौसमको साथ, एनसेल ग्राहकहरूले अब आफ्ना साथीहरू, परिवार, र आफन्तहरूसँग बोनस कुराकानीको साथ कुरा गरेर रमाईलो, साप्ताहिक र बम्पर पुरस्कार समेत जित्न  सक्नेछन । 

एनसेल आजियटा लिमिटेड ( पहिले, एनसेल प्राइवेट लिमिटेड )ले  आउँदो चाडपर्व दशैं, तिहार र छठको अवसरमा भ्वाईस सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक उत्सव योजना ' कुरै कुरामा उपहार ' सुरू गरेको छ। यस अभियान अन्तर्गत, सबै प्रीपेड ग्राहकहरू अन-नेट, अफ-नेट, वा अन्तर्राष्ट्रिय कल गर्नको लागि तोकिएको मिनेटको केही मिनेटको उपभोगमा आकर्षक उपहारहरू जित्ने अवसर पाउँनेछन्।

दैनिक, साप्ताहिक र बम्पर उपहारहरू अभियानको मुख्य विशेषताहरू हुन्। जति धेरै कल गरियो, उपहार जित्ने सम्भावना उत्तिकै बढ्नेछ । यो रमाईलो अभियान हिजो आइतवार (अशोज १८) बाट सुरु भएको छ र आठ हप्तासम्म अर्थात् नोभेम्बर २८, २०२० सम्म रहनेछ।

यस उत्सवको अफरबाट लाभ लिन एनसेलका प्रीपेड ग्राहकहरूले सजिलैसँग १७१०७ डायल गरी उनीहरूले नि: शुल्क सदस्यता नामाङ्कन  गर्न सक्दछन्। एकपटक सदस्यता लिइएको प्रीपेड ग्राहकहरूलाई हरेक दिन उपभोग गर्न केही मिनेट भ्वाईस कलहरू दिइनेछ। तोकिएको मिनेटहरू उपभोग गरेपछि, प्रीपेड ग्राहकहरूले केही मिनेटको कुराकानी तत्काल बोनसको रूपमा प्राप्त गर्नेछन् जुन त्यस दिनको मध्य-रातसम्म अन-नेट कल गर्नका लागि मान्य हुन्छ । 


अभियानको उपहारमा, प्रत्येक ग्राहकलाई दैनिक अन-नेट बोनस कुरा गर्ने समय दियिन्छ र जसले भ्वाइस कलको तोकिएको मिनेट खपत गर्दछ, ती मध्येबाट ७०० ग्राहकलाई हरेक दिन २०० रु बोनस ब्यालेन्स, सात सामसु  ग्यालेक्सी M01s ह्यान्डसेट सात ग्राहकहरु लाई, र बम्पर पुरस्कारको रूपमा दुई सामसुङ्ग  ग्यालेक्सी नोट २० दुइजना ग्राहकलाई ।

एनसेल आजियाटा लिमिटेडका प्रमुख वाणिज्य अधिकारी प्रदीप श्रीवास्तवले भने, " हामी उत्सवको मौसममा प्रवेश गर्ने बित्तिकै उत्साहजनक समय आधिकारिक रूपमा आइपुगेको छ ! लामो समय सम्म, हाम्रा प्रियजनहरूसँग सम्पर्कमा रहन यसलाई अझ महत्त्वपूर्ण बनाउँदै र यसरी नै 'कुरै कुरामा उपहार' प्रस्ताव सबै प्रियजनहरूसँग सम्पर्कमा थपिएको छ।बोनस टक टाइम र रमाईलो गिफ्ट हेम्परको साथ, त्यहाँ कुनै श शंका  छैन। यो उत्सवको मौसम सबै रमाइलो हुनेछ। "

यस उत्सवको प्रस्तावमा, प्रत्येक प्रदेशबाट प्रत्येक दिन १०० ग्राहकहरू दिनको अधिकतम मिनेट प्रयोग गरेर दैनिक उपहार ग्रुप अन्तर्गत विजेताका रूपमा चयन हुनेछन्। दैनिक विजेताहरूले   १५ दिनको वैधताको/ मान्यता , भ्यालिडिटिका  साथ रु २०० बोनस ब्यालेन्स पाउनेछन जुन उनीहरूले अफ-नेट कल, एसएमएस, र डेटा सेवाको लागि प्रयोग गर्न सक्दछन्।

एक हप्तामा सब भन्दा बढी मिनेटमा कुरा गर्ने सात प्रदेशबाट प्रत्येक सात ग्राहकहरु साप्ताहिक उपहार समुह अन्तर्गत विजेताका रूपमा चयन हुनेछन्। 

यसै गरी, आठ हप्ताको सम्पूर्ण अभियान अवधिमा सबै भन्दा धेरै कल गर्ने शीर्ष दुई ग्राहकहरू अभियानको अन्त्यमा बम्पर पुरस्कार विजेताको रूपमा छनौट हुनेछन्। प्रत्येक भाग्यशाली विजेतालाई सामसुङ्ग ग्यालेक्सी नोट २० बम्पर पुरस्कारको रूपमा प्रदान गरिनेछ ।

अभियान साप्ताहिक चक्रमा चल्नेछ, आइतवार देखि सुरु र शनिबार समाप्त हुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहारहरूको हस्तान्तरणको लागि, एनसेलले सर्वप्रथम विजेताहरूको प्रमाणीकरण गर्नेछ र उपहार एनसेल  सिमको वास्तविक ओनरलाइ मात्र हस्तान्तरण गर्नेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार