सिटीले सेफिल्ड युनाइटेडलाई १–० ले हरायो ।



प्रकाशित: कार्तिक १६, आईतबार, एजेन्सी । 
डिफेन्डर काइल वाल्करको निर्णायक गोलमा प्रिमियर लिगअन्तर्गत शनिबार म्यानचेष्टर सिटीले सेफिल्ड युनाइटेडलाई १–० ले हराएको छ ।

सिटीका लागि स्पेनिस युवा विंगर फेरान टोरेस दुई पटक गोलको नजिक पुगेर असफल भएका थिए । टोरेसले पहिलो पटक हेड गरेको बल पोष्टबाट टाढाबाट गएको थियो भने नजिकबाट गरेको अर्को प्रहारलाई आरोन रामस्डलेले रोकेका थिए ।

सिटीले २८ औं मिनेटमा वाल्करको गोलबाट अग्रता लिएको थियो । सेफिल्डका पूर्व खेलाडीले केभिन डि ब्रुएनेको पासमा लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

सेफिल्डले ७० औं मिनेटमा बराबरीको मौका पाएको थियो । जोन लन्डस्ट्रामको प्रयास असफल भएको थियो । खेलको अन्त्यतिर बर्नार्डो सिल्भाको प्रहारलाई पनि रामस्डेलले रोकेका थिए । चार खेलमा अपराजित रहेको सिटी ११ अंकका साथ अंक तालिकाको सातौं स्थानमा पुगेको छ । मात्र १ अंक जोडेको सेफिल्ड १९ औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा शुक्रबार राती वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो । खेलको अन्त्यतिर १० खेलाडीमा सिमित भएको प्यालेसिविरुद्ध रायन एट नोउरीले १८ औं र डानियल पोडेन्सीले २७ औं मिनेटमा गोल गरेको थिए ।

८६ औं मिनेटमा प्यालेसका लुका मिलिभोजेभिकले रातो कार्डको सामना गरेका थिए । लिगमा शनिबार बनर्ली र चेल्सी तथा लिभरपुल र वेष्ट ह्याम युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial