प्रचण्डको राजनीतिक प्रस्ताब फिर्ता लिन पोखरेलको आग्रह


चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताब फिर्ता लिन आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताब प्रस्तुत गरेको भन्दै नेता पोखरेलले राजनीतिक प्रस्ताब फिर्ता लिनुपर्ने उल्लेख गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्नुहुँदै पोखरेलले प्रचण्डको प्रस्ताबमा समेटिएका विषयप्रति लक्षित गर्नुहुँदै पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको बताउनुभएको छ । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताब फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध गर्दै उहाँले लेख्नुभएको छ, ‘कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताब फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेता पोखरेल पार्टीमा उत्पन्न समस्याबारे समय/समयमा फेसबुकमा यस्ता स्टाटस लेखिरहनुहुन्छ । पोखरेलले लेख्ने स्टाटसहरुले पार्टी नेता र आफ्ना समर्थकलाई उत्तेजित बनाउने काम गरिरहेको प्रचण्डपक्षीय एक नेताले बताउनुभयो ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले एकल राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै पार्टीमा अहिले देखिएको समस्याको मुख्य जड प्रधानमन्त्री ओली भएको आरोप लगाउनुभएको छ । प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताबमा पार्टी र सरकार सञ्चालनमा देखिएका सम्पूर्ण समस्याको कारक ओली भएको भन्दै ओलीकै कारण प्राप्त उपलब्धिह नै संकटमा पर्ने अवस्था आएको प्रचण्डले उल्लेख गर्नुभएको छ ।

प्रचण्डले कार्यविभाजनदेखि लिएर राजकीय जिम्मेवारी प्रदान गर्ने कार्यमा संकिर्ण गुटबन्दीको अभ्यास गरेकोजस्ता दर्जनौं आरोप ओलीमाथि लगाउनुभएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार