रोजगारीको अवसर, योग्यता एस एल सी देखि मास्टर डिग्रीसम्म



प्रकाशित: मंसिर ३, बुधबार, विराटनगर । 

मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियानमा कार्यरत आफन्त नेपालको कार्यक्षेत्र झापा, मोरङ्ग, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु, परासी, बाँके, महेन्द्रनगरका नेपाल-भारत सीमानाका र त्यस आसपासका केही गाउँपालिका तथा नगरपालिकाका लागि तपसिल बमोजिमका केही संख्यामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका बेचबिखन तथा हिंसाबाट प्रभावित ईच्छुक नेपाली महिलाहरुबाट आवेदनका लागि आव्हान गरेको छ ।


१. टिम लिडर

२. सीमा अनुगन सहजकर्ता

३. सामुदायिक सहजकर्ता


न्युनतम योग्यता र अनुभव :

टिम लिडरका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्तातक तह उत्तीर्ण गरी २ वर्ष अथवा १२ कक्षा उत्तीर्ण गरी ५ वर्षको सम्बन्धित क्षेत्रको कामको अनुभव, कम्प्यूटरको सीप तथा अंग्रेजी भाषाको दक्षता भएको र सहजकर्ताका लागि एस.एल.सी. उत्तीर्ण गरी कम्तीमा २ वर्षको अनुभव भएको वा दस कक्षारँ उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको । 


माथिका सबै पदहरुका लागि समुदायमा रहेका समूहहरुको क्षमता अभिवृद्धिमा सहजीकरण गर्न सक्ने क्षमता तथा उत्प्रेरकको रुपमा कार्य गर्न सक्ने, कुशल सञ्चार र समन्वय गर्न सक्ने क्षमता भएको, आत्मविश्वासी, सृजनशील, सकारात्मक सिकाइ प्रवृति, बेचबिखन /हिंसामा परेका /पर्न सक्ने सम्भावनामा रहेका व्यक्ति तथा समुदायको उत्थानमा विशेष चासो राख्ने, हिंसाबाट प्रभावित व्यक्तिहरुसँगको कामको अनुभव भएको; आफन्त नेपालको मुल्य-मान्यता, दर्शन तथा लक्ष्यप्रति प्रतिवद्ध भई सामाजिक अभियन्ताको रुपमा सेवा गर्न ईच्छुक ।


आधिकारिक सूचना हेर्नुहोस्:



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार