जुम्लामा २०३५ यता ५६ हजार नागरिकता वितरण


कर्णाली । जिल्ला प्रशासन कार्यालय जुम्लाले ५६ हजार नागरिकता वितरण गरेको छ । विसं २०३५ साल यतादेखि प्रशासनले ५६ हजार नागरिकहरुलाई नागरिकता वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायव सुब्बा सुरत गिरीले अहिलेसम्म जुम्लामा ५६ हजार ३ सय ४५ जना नागरिकले नागरिकता प्राप्त गरेको बताए । “चालु आवको असार यता मात्रै एक हजार २ सय ५७ जनालाई नागरिकता प्रदान गरिएको छ”, नायब सुब्बा गिरीले भने, “जसमा ९ सय ६७ जनाले नयाँ नागरिकता, १९० ले बाल नागरिकता, ३२ वटा संशोधित नागरिकता र ७१ वटा प्रतिलिपी रहेका छन् ।” ३२ नागरिकता भने विसं २०५९ साल कात्तिक २८ गते जुम्ला तत्कालिन् सशस्त्र विद्रोही पार्टी माओवादीको आक्रमणमा परेर प्रशासन जलेपछि रेकर्ड नभएका नागरिकता रहेको उनले बताए ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले दुई वर्षयता आफ्नो सेवा र कार्यालयको व्यवस्थापनमा पनि थप सुधार गर्दै आएको छ । सेवाग्राहीका लागि खस भाषाको नागरिक अडियो बडापत्र, डिजिटल बडापत्र, स्तनपान गृह, हेल्पडेक्स, वेवसाईट नियमित, सामाजिक सञ्जाललगायतबाट सेवाग्रहीलाई सजिलो बनाएको बनाईएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

त्यस्तै सेवाग्रहीलाई सन्तुष्टि फारम भर्ने सुरु गर्न थालिएको प्रमुख जिल्ला अधिकारी थापाले जनाए । उनका अनुसार अब जिल्ला प्रशासनका वेवसाइटमा राखेका सेवा सिधै बाहिर देखाउन र सुनाउनमा समेत प्रयास गरिएको र यहाँका सबै दस्तावेज डिजिटल रेकर्डमा राख्ने प्रयत्न भइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार