भारतको मध्य प्रदेशमा घातक रोग स्क्रब टाइफस फैलियो


एजेन्सी । सिंगो विश्व कोरोना भाइरस संक्रमणको महामारीले आक्रान्त भैरहंदा भारतको मध्य प्रदेशका ११ जिल्लामा स्क्रब टाइफसको संक्रमण फैलिएको छ ।

यो रोग २ सय बर्षपछि पुनः फैलिएको हो । यो रोगले पन्ना र जबलपुरमा २ बालबालिकाको मृत्यु भएको छ भने २ जना संक्रमित भएका छन ।

यो रोग मुसा र छुचुन्द्रोमा पाइने जीवाणुबाट सर्छ । यसलाई ओरियंटा सुसु गेमौसी पनि भनिन्छ । भोपालबाट पन्ना गएका स्टेट इन्ट्रोलोजिस्टको टिमले स्क्रब टाइफस रोग संक्रमणको पहिचान गरेको हो ।

त्यहाँ रहेका केही मुसाहरुमा परीक्षण गर्दा स्क्रब टाइफस भेटिएको थियो । यो रोगको संक्रमणका कारण पन्नाका स्थानीयहरु अहिले मुसासंग आतंकित बन्न थालेका छन ।

स्क्रब टाइफस संक्रमण भएपछि उच्च ज्वरो आउँछ । यसका अलावा टाउको दुख्ने, मांसपेशिहरु दुख्ने, सास फूल्ने, खोकी लाग्ने, बान्ता हुने जस्ता लक्षणहरु पनि देखिन्छन ।

चिकित्सकहरुका अनुसार यो रोगबाट बच्नका लागि खेत बारीमा काम गर्दा हात खुट्टा राम्ररी ढाक्नु पर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

स्क्रब टाइसफसका लार्भा बोकेका मुसाहरुले टोक्दा यो रोग लाग्ने विशेषज्ञहरुलाई उद्धृत गर्दै फ्री प्रेसले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial