‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी’ विधेयक प्रमाणिकरण


जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभाबाट पारित गरिएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार सो विद्येयक प्रमाणिकरण गरिएको हो । प्रदेशसभाबाट कात्तिक २ गते पारित भएको सो विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणिकरण गरिएको हो । परियारको कार्यकालमा प्रमाणिकरण गरिएको यो १३ औँ विधेयक हो भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणिकरण गरिएका विधेयकको संख्या अहिलेसम्म ३५ पुगेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial