साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढ्यो


काठमाडौं – मंगलवार साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतसम्म बढेको छ । यी दुवै कम्पनीको शेयर खरिद चाप उच्च हुदाँ मंगलवार १० प्रतिशत शेयरमूल्य बढेको हो ।

२ बजेर ४० मिनेटसम्मको कारोबार अवधिसम्म कर्पोरेट डेभलपमेण्ट बैंकको ४० हजार १०० कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको २ हजार ६८५ कित्ता शेयर खरिद गर्ने माग छ । यो अवधिसम्म कम्पनीको शेयर विक्रीका लागि कोहि देखिएका छैनन् ।

खरिद चाप रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य मंगलबार रू. ४ हजार ५०० मा खुला भएको हो । कम्पनीको शेयरमूल्य रू. ४ हजार ९५० पुगेको हो । मंगलवार साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य प्रतिकित्ता रू. ४५० ले बढेको हो । त्यस्तै प्रतिकित्ता रू. २२० मा खुलेको कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. २२ ले बढेर रू. २४२ पुगेको हो ।

मंगलवार शेयर बजार दोहोरो अंकले बढीरहेको छ । २ बजेर ४० मिनेटको कारोबार अवधिसम्म नेप्से परिसूचक २० दशमलव ५० अंक बढेर १ हजार ६७३ दशमलव ३१ विन्दुमा पुगेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार