एनआईसी एशिया बैंकको साधारण सभा मंसिर २१ गते


काठमाडौं, कार्तिक २७ – एनआईसी एशिया बैंकले मंसिर २१ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको रजिष्टर्ड कार्यालय, थापाथली , काठमाडौंमा विहान ९ बजे सभा बोलाईएको हो । बैंकले यो वर्ष २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित चालू आवको लागि लेखापरिक्षक नियुक्ती लगाएतका विषय सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial