साधना लघुवित्तको नाफा १२७ प्रतिशतले वृद्धि


काठमाडौं, कार्तिक २८ – साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले पहिलो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो नाफा अघिल्लो वर्षको तुलनामा १२७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ७६ लाख ६३ हजार रुपैया खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।

पहिलो त्रैमासमा लघुवित्तले ३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी पनि १ करोड २१ लाख वाट बडेर २ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial