म्यानचेष्टर युनाइटेडको शानदार जित



प्रकाशित: मंसिर १०, बुधबार, एजेन्सी ।
हिजो राती च्याम्पियन्स लिग अन्तर्गत भएको समूह चरणको खेलमा म्यानचेष्टर युनाइटेड ले टर्कीको क्लब इस्तानबुल माथि ४-१ को फराकिलो जित हात पारेको छ ।

खेलको सुरुवाती ७ मिनेटमा अग्रता लिएको म्यानचेष्टर युनाइटेडले खेलको १९ औँ मिनेटमा आफ्नो अग्रता दोब्बर बनाएको थियो । दुवै गोल ब्रुनो फर्नेन्देसले गरेका थिए ।

खेलको ३५ मिनेटमा रास्फर्ड ले पेनाल्टी मार्फत अग्रता तेब्बर बनाएका थिए । ७५ औँ मिनेटमा इस्तानबुल का तुरूक ले एक गोल फर्काएका थिए जुन सान्तवना गोलमा मात्र सीमित रहन पुग्यो ।

खेलको इन्जुरी समयमा अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका डेनियल जेम्सले आकर्षक गोल गर्दै म्यानचेष्टर लाई ४-१ को अग्रता दिलाउदै जित सुनिश्चित गरे ।

यसअघि इस्तानबुल को घरेलू मैदान भएको खेलमा, म्यानचेष्टर पराजित भएको थियो । यो सँगै ९ अंकका साथ युनाइटेड आफ्नो समूह चरणमा दबदबा कायम गर्न सफल भएको छ । समान चार खेल खेलेका पी यस जी , र लेपजेग समान ६ अंकका साथ क्रमश: दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

३ अंकका साथ इस्तानबुल समूहको पुछारमा रहेको छ । समूहका दुई उत्कृष्ट टिम दोश्रो चरणमा पुग्नेछन् । समुह चरणमा अझै दुई खेल बाकी रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial