अपाङ्गता भएका दाजुभाइलाई घरमै नागरिकता


लमजुङ र यहाँ अपाङ्गता भएका दाजुभाइलाई जिल्ला प्रशासन कार्यालयद्धारा घरमै नागरिकता वितरण गरिएको छ ।

जिल्लास्थित सुन्दरबजार नगरपालिका वडा २ का कृष्णबहादुर अधिकारीका छोरा २७ वर्षीय कुमार अधिकारी र २५ वर्षीय कमल अधिकारीलाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयले आज नागरिकता वितरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अपाङ्गता भएका दाजुभाइको घरमै पुगेर उनिहरुलाई नागरिकताको प्रमाण–पत्र वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी शार्माले भने, ‘कार्यालयमा आई नेपाली नागरिकताको प्रमाण–पत्र लिन शारिरीक अवस्थाका कारण उत्पन्न असहजता महसुश गर्दै घरमै पुगेर नागरिकता दिएका हौं ।’ रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial