नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलायो


काठमाडों । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाएको छ। बालुवाटारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए। यस्तै मंसिर १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठकलाई मंसिर २५ गतेसम्मका लागि सारिएको छ। प्रवक्ता श्रेष्ठका अनुसार मंसिर १३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले पेश गर्ने प्रस्तावबारे पनि छलफल हुनेछ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial