प्रदेश २ का मुख्यमन्त्रीद्वारा शुभकामना


जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरुको पर्व दीपावली र छठका अवसरमा प्रदेशवासीप्रति शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी विज्ञप्तिमा उनले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिका साथै उत्तरोतर प्रगतिको कामना गरेका छन् । यस पर्वले सवैको मुहारमा उज्यालोपन ल्याउने उल्लेख गर्दै मुख्यमन्त्री राउतले समाजिक सद्भाव र सहिष्णुतालाई अझ बढी सुदृढ बनाउँदै प्रदेशलाई आर्थिक समृद्धिमा लान प्रेरणा प्रदान गरोस् भनी कामनासमेत व्यक्त गरेका छन् ।

सन्देशमा विश्वभरि फैलिएका कोरोना महामारीका कारण गम्भीर स्वास्थ्य सङ्कट उत्पन्न भएको परिस्थितिलाई ध्यन दिइ स्वास्थ्य सुरक्षाका विधि अपनाइ दीपावली र छठ पर्व मनाउन अपिल गरिएको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial