सनराइज बैंकको सेवा बागलुङ र बाँकेमा विस्तार


काठमाडौं, कात्तिक २८ – सनराइज बैंकले बैंकले बागलुङमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बागलुङ नगरपालिका वडा नं २ मा शाखा खोली संचालनमा ल्याएको हो ।

साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा बैजनाथ वडा नं ७ का कार्यकारी वडा अध्यक्ष गोपाल थारुको उपस्थिति रहेको थियो ।

बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्र कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको हो । उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार