बाँकेको भेरी अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु



बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

टिकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ६० बर्षीय पुरुषको गएराती उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

यससंगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आइ मृत्यु हुनेको संख्या २० पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र, बाँकेको प्रेस नोटमा उल्लेख छ ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या आएपश्चात गत १४ गते भेरी अस्पतालको प्रि आइसोलेसन युनिटमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणको आशंकामा सोही दिन निजको स्वाब पिसिआर परीक्षणका लागि पठाइएकोमा १५ गते कोरोना पोजेटिभ देखिएपछि कोभिड–१९ वार्डमा भर्ना गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

उनको उपचारको क्रममा गएराती मृत्यु भएको हो ।

मृतकको शव ब्यवस्थापनका लागि समन्वय भैरहेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार