नेकपा सचिवालय बैठक १६ गते सम्मको लागी स्थगित


काठमाडौं । नेकपा सचिवालय बैठक आगामी १६ गते सम्मको लागी स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पेश गरेको राजनैतिक प्रतिबेदनको लिखीत जवाफ पेश गरेका छन । अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई आरोप पत्र भन्दै ओली पक्षले फिर्ता लिनुपर्ने माग गरेको थियो । तर बहुमत सदस्यलाई साथ लिएर दाहालले सचिवालय बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी भइ आफूले पनि लिखित प्रस्ताव ल्याउने भन्दै दस दिनको समय माग गरेका थिए ।

उनलाई दस दिनको समय दिएर आज शनिबार बैठक बोलाइएको हो ।यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial