काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित, १६ को मृत्यु



प्रकाशित: मंगसिर १५, सोमबार, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म उपत्यकामा कोरोना स‌क्रमितको संख्या १ लाख ९ हजार १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनाान कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा आज काठमाडौंमा १३, ललितपुर २ र भक्तपुरमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ । जसमध्ये ३७५ जनाको मृत्यु भएको छभने ८० हजार २४८ जना निको भएका छन् ।

त्यसैगरी ललितपुरमा हालसम्म संक्रमितको संख्या १३ हजार २७४ पुगेको छ । जसमा ११२ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ७१० जना निको भएका छन्। त्यस्तै भक्तपुरमा ७ हजार ९५९ संक्रमितमध्ये ९१ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २२७ जना निको भइसकेका छन्।

हाल काठमाडौमा ७ हजार २७०, ललितपुरम १ हजार ४५२ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial