चिनियाँ रक्षा मंत्री भोलि नेपाल आउँदै



प्रकाशित: मंसिर १३, शनिबार, काठमाडौँ । 

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपाल भ्रमणको औपचारिक घोषणा गरिएको छ ।

एकदिने कार्यशील भ्रमणमा उनी आइतबार काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आइतबार साँझ नै स्वदेश फर्कने छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial