प्रकाशित: मंसिर ९, मङ्गलबार, काठमाडौँ ।
नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।
यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १ हजार १८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :