कन्ट्याक्ट ट्रसिङ व्यापक बनाईँदै


काठमाडौं । सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट टे«सिङलाई व्यापक बनाउने भएको छ ।

स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट टे«सिङ समूह गठन गरेर टे«सिङलाई व्यापक बनाउने जानकारी दिए ।

अहिले काठमाडौँ उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन । देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले टे«सिङ गरिहेका थिए । ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३ र ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।

उनका अनुसार सरकारले पहिले काठमाडौँ उपत्यकामा टे«सिङलाई केन्द्रीत गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ । त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सवैको ट्रेसिङ गर्ने छ ।

निगरानी समूह

मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गर्ने उनले बताए । ती समूहका ५ देखि ७ जना रहने छन् ।
कोभिड–१९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङ परेका व्यक्तिको निगरानी गर्ने छन ।

‘अहिले सङ्क्रमित, टे«सिङमा परेका व्यक्ति बाहिर हिडडुल गर्ने गरेको पाइएको छ’ उनले भने, ‘अव उक्त समूहले नै ति व्यक्तिको निगरानी गर्ने छन । सङ्क्रमित, टे«सिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।’ समूहले कोभिड–१९ संग सम्बन्धि व्यक्तिलाई अस्पताल पु¥याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन ।

मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौ जिल्लाका छ नगरपालिका दक्षिणकाली, चन्द्रागिरी, टोखा, बुढानीलकण्ठ, गोर्कणेश्वर, किर्तिपुरका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ ।

कोभिड–१९ फोकल पर्सन श्रेष्ठले ती छ वटा नगरपालिकाले चाडै नै ट्रेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले टे«सिङ गरेर पिसिआर परीक्षणलाई बढाइने बताए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial